१६ बैशाख २०८१, आईतवार
Follow Us

थपिए ३१७५ संक्रमित, १४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० माघ २०७८, बिहीबार १२:५२

काठमाडौं । २४ घण्टामा कोरोना भाइरसबाट ३१७५ संक्रमित भएका छन् । देशभर १२ हजार ६ सय ५ जनामा गरिएको नमूना परीक्षणमा ३१७५ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ८७२३ जना निको भएर डिस्चार्ज भएका छन् । २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ भने ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।