१६ बैशाख २०८१, आईतवार
Follow Us

चार मुलुकका लागि काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग

नेपालब्रिटेन संवाददाता
२० माघ २०७८, बिहीबार १२:५३

काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज (बिहीबार) एक सूचना जारी गर्दै ‘काउन्सेलर (श्रम) तथा श्रम सहकारी छनौट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरिएको हो ।

जसमा संयुक्त अरब इमिरेट्स, अबुधावी र साउदी अरेबिया, रियादका लागि काउन्सेलर (श्रम) प्रशासन सेवाको राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिव सरह एक–एक जना गरेर दुई जनाका लागि आवेदन माग गरिएको छ ।

यस्तै कतारको दोहा र बहराइनको मनामाका लागि श्रम सहचारी प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहको एक/एक जना गरेर दुई जनाका लागि आवेदन मागिएको छ । मापदण्डमा तोकिए बमोजिमको योग्यता पुगेको इच्छुक कर्मचारीलाई ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरेर निवेदन पेस गर्न सूचना प्रकाशित गरिएको मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

सर्वोच्च अदालत र उच्च अदालतमा रिट निवदेन परी अदालतको आदेशअनुसार स्थगन परीक्षाहरूको हकमा अदालतबाट आदेश हुनासाथ यथाशीघ्र पुनः तालिकीकरण गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुरुप परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।