लण्डन । न्युजर्सीबाट ट्रान्सएट्लान्टिक उडानमा बिजनेस क्लासमा एक महिलालाई बलात्कार गरेको आरोपमा हिथ्रो विमानस्थलमा एक यात्रु पक्राउ परेका छन ।
ती महिलाले आफूलाई ४० वर्षीय पुरुषले आक्रमण गरेको बताएकी थिइन् । गत ३१ जनवरीमा नेवार्कबाट उडानमा अन्य यात्रु सुतेको बेला उनीमाथि बलात्कारको प्रयास भएको बताएकी छन् ।
रात्री उडानमा रहेका ती यात्रुलाई बिहान विमानस्थलमा अवतरण गरेपछि प्रहरीले अनुसन्धानको लागि एक जनालाई व्यक्तिलाई पक्राउ गरेको थियो।
बेलायती प्रहरीले ती महिलालाई विषेश सुरक्षाा व्यवस्था गरेको थियो ।