२३ बैशाख २०८१, आईतवार
Follow Us

ब्रेन्टफोर्डलाई पराजित गर्दै म्यानचेष्टर सिटीको अर्को जित

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७८, बिहीबार ०७:३५

जारी इङलिस प्रिमियर लिगमा साबिक बिजेता म्यानचेष्टर सिटिले अर्को जीत निकाल्दै आफुलाइ बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको छ । आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा सिटिले ब्रेन्टफोर्डमाथि २-० गोलको जीत निकालेको हो ।

आज बिहान सम्पन्न खेलको पहिलो हाफको अन्त्यतिर सिटिले पाएको पेनाल्टीलाइ रियाद मारेजले गोल गर्दै सिटिलाइ अग्रता दिलाएका थिए । दोस्रो हाफको ६९ औँ मिनेटमा फरवार्ड केभीन डे ब्रुनेले शानदार गोल गर्दै सिटिको अग्रता दोब्बर बनाएका थिए ।

यो जीतसँगै सिटि २४ खेलबाट ६० अंक बटुल्दै यो सिजनको प्रमुख उपाधि दाबेदारको रुपमा देखिएको छ । यसैगरि आजै सम्पन्न अर्को खेलमा घरेलु टोली टोटनह्याम साउथ ह्यामटनसँग २-३ गोलको अन्तरले पराजित हुन पुगेको छ । यता एष्टनभिल्ला भने आफू भन्दा तल रहेको टिम लिड्ससँग ३-३ गोलको बराबरीमा रोकिदै अंक बाडेको छ । यसैगरि अर्को खेलमा क्रिष्टल प्यालेसले पनि नरविचसँग १-१ गोलको बराबरीमा चित्त बुझाएको छ ।

प्रिमियर लिगका अन्य दुइ खेलहरु आज राति खेलिदैँछन् ।