२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएन निर्वाचन : टिम बद्री केसीको भेला शनिवार

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७८, शुक्रबार १३:३७

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि प्रत्यासी डा. बद्री केसीले शनिवार एक चुनावी सभाको आयोजना गर्ने भएका छन् ।

संघको निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरे लगत्तै केसीले निर्वाचन प्रकृयाका बारेमा जानकारी दिने उदेश्यले भोलि (शनिवार) भर्रचुअल कार्यक्रम (ककस ८) को आयोजना गरेका हुन् ।

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रीय महाधिवेशन तथा निर्वाचन बारे भै रहेका प्रगतिबारे जानकारी दिने तथा सुझाव संकलन गर्ने उदेश्यले भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाली समयनुसार ८ बजे जुम मार्फत सुरु हुने कार्यक्रममा सहभागी हुने केसीले आग्रह गरेका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघको आगामी निर्वाचनको लागि प्रत्यासी उम्मेदवारहरुले आआफ्नो भनाइहरु राख्ने छन् ।

संघको निर्वाचन २१ र २२ मार्चमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ । संघको निर्वाचन समितिले पहिलो चरणको मतदाता मानावली प्रकाशन गरिसकेको छ ।