२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपालले आज फिलिपिन्ससँग खेल्दै

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७८, शनिबार ०६:०९

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटको समूह बी मा रहेको नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । उता पहिलो खेलमा पराजित फिलिपिन्स आज पहिलो जितको खोजिमा हुनेछ ।

अल अमेरात क्रिकेट मैदानमा खेल बिहान पौने १२ बजे शुरू हुनेछ। यही समयमा हुने अर्को खेलमा ओमान र क्यानडा खेल्ने छन् । ग्लोबल छनोट प्रतियोगिता हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।