१५ बैशाख २०८१, शनिबार
Follow Us

युक्रेन ‘टुक्रियो’

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७८, मंगलवार ०२:३४

एजेन्सी । युक्रेन टुक्रिएको छ । सन् २०१४ देखि युक्रेनबाट स्वतन्त्र हुन संघर्ष गर्दै आएको डोनेटस्क र लुहान्स्क गणराज्यलाई रुसले मान्यता दिएसँगै टुक्रिएको हो । यद्यपि यी दुईलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन ।

टुक्रिएका दुवै राज्यमा रुसी बाहुल्य छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेटस्क र लुहान्स्क राज्यलाई मान्यता दिने गरी क्रेमलिनमा हस्ताक्षर गरेका छन् । उनले दुई राज्यसँग मैत्री सम्बन्ध स्थापित गर्ने, सहयोग गर्ने सम्झौतामा समेत हस्ताक्षर गरेका छन् ।

यसअघि टेलिभिजनमा बोल्दै पुटिनले डोनेटस्क र लुहान्स्क गणराज्यको सार्वभौमसत्ता र स्वतन्त्रतालाई मान्यता दिने घोषणा गरेका थिए ।

युक्रेन नाटोमा आवद्ध हुनलागेपछि रुसले दबाब बढाइरहेको थियो । पुटिनले युक्रेनलाई अमेरिकाले रुसविरुद्ध स्ट्राइकरको रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् । रुसले पूर्वी यूरोपमा नाटोको विस्तारलाई रुचाएको छैन । युक्रेनलाई नाटोमा आवद्ध हुन रोक्न प्रयास गरिरहेको थियो । त्यो असफलतासँग पुुटिनले पछिल्लो निर्णय लिएका छन् ।

यसअघि रुसले क्रिमियामाथि नियन्त्रण बनाएको थियो । युक्रेनले क्रिमिया गुमाएपछि पछिल्लो समय दुई राज्य गुमाएको हो ।