२५ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल-भारतबीच जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने सम्झौता

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७८, सोमबार १४:२९

काठमाडौं । नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। पाँच वर्षका लागि जी-टू-जी (सरकार-सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको हो। सम्झौता पाँच वर्षका लागि हुने छ। सम्झौता अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ।

अगामी जेठ २ गते विमानस्थल सञ्चालनको लक्ष्य राखिए पनि विमानस्थलमा गृह अन्तर्गतको अध्यागमन र अर्थ अन्तर्गतको भन्सार कार्यालय राख्ने काम अझै भएको छैन । यद्यपि यो काम अगाडि बढिसकेको महाप्रबन्धक दाहालले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय भएको नदेखिँदा विमानस्थल सञ्चालन लक्ष्य राखिएको मिति अझै धकेलिन सक्ने सम्भावना पनि उत्तिकै छ । महाप्रबन्धक दाहालले भने नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट वैशाख १ गते परीक्षण उडान गर्ने, त्यस सँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट जेठ २ गतेबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको बताए ।