२९ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए युकेको सदस्यता शुल्क तत्काल तिर्न युवराज गुरुङको आग्रह

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७८, सोमबार २०:५०

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले एनआरएनए युकेले सदस्यता शुल्क केन्द्रमा नबुझाएको प्रति आपत्ति प्रकट गरेका छन् ।

गुरुङले एनआरएनए यूकेको पन्जिकृत सदस्यहरुको शुल्क केन्द्र नपठाएको खबरले दुःख लागेको बताउँदै र्वसाधरणबाट उठाएको पैसा तत्काल एनआरएनएको खातामा जम्मा गर्न आग्रह गरेका छन् ।

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद मिलाउन सकृय गुरुङले पूर्ण सहमति हुन नसके पनि अधिकांसको सहमतिका आधारमा निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरेका छन् ।
गुरुङकै पहलमा भएको सहमतिको आधारमा संघको निर्वाचन मार्च २२ र २३ तारिख हुन् लागेको उनको दावी छ ।

उनले कसैको भडकावमा नलागेर तत्काल शेल्फि लिन सबैलाई आग्रह गरेका छन् । उनले इमेल मार्फत हुने मतदानको विश्वसनियता नहुने भन्दै आफ्नो भोट आफै हाल्न शेल्फि दिन आग्रह गरेका छन् ।

उनी संघको विवाद मिलाउन गठित समितिका सहजकर्ता समेत हुन् ।