२९ बैशाख २०८१, शनिबार
Follow Us

क्लिनरलाई यौन दुव्यर्वहार गर्ने गोर्खा सैनिक बारे बेलायती अदालतमा सुनवाई

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७८, सोमबार २२:३८

लण्डन । क्लिनरलाई शौचालयमा लगेर सेक्स गर्न खोज्ने गोर्खा सैनिक माथि वेलायतको एक अदालतमा सुनवाई भएको छ ।

२६ वर्षीय राइफलम्यान ताराहाङ राईले काम गर्दागर्दै महिलालाई पटकपटक चुम्बन मागेको आरोप लागेको थियो ।

उनले क्लिनरले माथि यौन दुव्र्यवहार गरेको आरोप अस्वीकार गरेका छन् ।

ती ब्रिटिस गोर्खाले सेक्सको लागि ती क्लिनरलाई क्यूबिकलमा तान्ने प्रयास गरेको आरोप लागेको छ ।

उनी शौचालय सफा गर्न जानु अघि दुई पटक क्युबिकलमा लुकेर अनावश्यक दुःख दिएको बताएकी छन् ।

अदालतमा, उनले राईले शौचालयमा हातपात गर्न खोजे पछि चिच्याउने धम्की दिए पछि राईले हात छोडेको बताएकी छन् ।

विल्टशायर सैन्य अदालतमा भएको सुनवाईमा राईले सेक्सको लागि क्यूबिकलमा तानेको प्रयास बताएको थियो ।