२६ बैशाख २०८१, बुधबार
Follow Us

भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार १४:१३

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।

भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि रु २१ हजार १११ रहेको छ । सो साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा कृति प्रकाशित भइसकेको छ । सो अवसरमा मकवानपुरका कवि मीनप्रसाद लामिछानेको हास्यव्यङ्ग्य कविता सङ्ग्रह पनि विमोचन गरिएको थियो । हेटौँडास्थित पुष्पलाल पुस्तकालयमा भएको सो कार्यक्रम सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, सर्जक सञ्जालका अध्यक्ष निमेख निखिल र कार्यक्रम समीक्षक घनश्याम घिमिरेले स्व भैरव अर्यालको व्यक्तित्व र कृतिबारे समीक्षा गर्नुभएको थियो । कार्यक्रममा स्व अर्यालको प्रतिमामा माल्यापर्ण गरिएको थियो ।