२६ बैशाख २०८१, बुधबार
Follow Us

अर्थले दियो आयोगलाई ८ अर्ब ११ करोड रुपैया

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार १४:१७

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानी तह निर्वाचन व्यवस्थापनको लागि अर्थ मन्त्रालयकाट ८ अर्ब ११ करोड रुपैया बजेटको सुनिश्चितता प्राप्त गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

यस्तै, आयोगले निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा कुनै त्रुटी भएको भए सच्याउन समेत सबैलाई आग्रह गरेको छ । आयोगले मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरेको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने जनाएको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको आयोगले बताएको छ ।