३१ बैशाख २०८१, सोमबार
Follow Us

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७८, सोमबार ०५:१८

जुम्ला । चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् । ‘जनतासँग नगर उपप्रमुख’ कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएकाे हाे ।

शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ । उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी छन् ।

जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।