२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए युरोप उपसंयोजकमा ललित न्यौपानले दिए उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार ०९:२७

लन्डन । व्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन् । उनले सोमवार अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दाखिला गरे ।

एनआरएनए युकेको कार्यसमिति सदस्य, सहकोषाध्यक्ष, उपाध्यक्ष र हाल अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य रहेका न्यौपाने एनआरएनएमा लागेर आफूले आर्जन गरेको ज्ञान र अनुभव युरोप क्षेत्रमा विस्तार गर्न सो पदमा उम्मेदवारी दिएको बताए ।

एनआरएनएका अलाबा उनी बेलायतका करिब आधादर्जन विभिन्न सामाजिक संस्थाहरुमा सल्लहाकार रहेका छन् । सहयोगी तथा सामाजिक कार्यमा दिल खोलेर सहयोग गर्ने झापा जिल्लामा घर भएका न्यौपाने अन्तर्रास्ट्रिय झापाली समाजका केन्द्रीय उपाध्यक्ष समेत छन् । हाइली स्किल्ड माइग्रेसन प्रोग्राम अन्तर्गत २००५ मा बेलायत आएका न्यौपानेको नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा लगानी छ ।

एमए, बीएलसम्म अध्ययन गरेका न्यौपानेले १७ वर्षसम्म राष्ट्रिय वाणिज्य बैँकको शाखा प्रबन्धकको अनुभव समेत छ । अध्यात्म र साहित्यमा रुची राख्ने न्यौपाने फुर्सदको समयमा मुक्तक लेख्न मन पराउँछन् । सबै मानिसलाई सुख, शान्ति र सम्वृद्धि पुर्याउने सपना बोकेका न्यौपाने जीवन विज्ञान युके स्थापना गराउन र सोको गतिविधि फैलाउनमा पनि क्रियाशील छन् ।