२१ असार २०८३, आईतवार
Follow Us

भिजिट भिसामा सरकारको नयाँ व्यवस्था

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १४:१९

काठमाडौँ । नेपाल सरकारले पर्यटक भिसामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो।

गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तीमा दुई पटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तीमा एक पटक गएकाले भिजिट भिसा जान पाउने छन्। वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय भई कम्तीमा सोको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरूलाई पनि जान दिइने गृह मन्त्रालयले जनाएको छ।

धेरै पढिएको