३१ बैशाख २०८१, सोमबार
Follow Us

चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १४:२३

काठमाडौं । सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो ।

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अन्य प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।