३० बैशाख २०८१, आईतवार
Follow Us

चेल्सीका रसियन मालिक बेलायतबाट प्रतिबन्धित

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार ०४:१८

लन्डन । इंग्लिस फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायत सरकारले प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसी सरकारका वरिष्ठ अधिकारी एवं अर्बपतिहरु यतिबेला युरोपियन तथा अमेरिकी सरकारको निशानामा परिरहेका छन् ।

बेलायत सरकारले बिहीबार चेल्सीका मालिक अब्रामोभिचसहित केही धनाढ्यलाई प्रतिबन्धमा राखेको हो । बेलायतको यो निर्णयसँगै प्रिमियर क्लब चेल्सीको भविष्यमाथि संकेट देखिएको छ ।