३१ बैशाख २०८१, सोमबार
Follow Us

कांग्रेस धनुषाको सभापतिमा निधिनिकट पजियार निर्वाचित

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७८, शनिबार ०४:३०

जनकपुर । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याउनुभयो । यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियो ।

पहिलो चरणमा तेस्रो हुनुभएका डा.शेखर कोइराला समूहका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गर्नुभएको थियो । सभापतिमा निर्वाचित पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरसमेत हुनुहुन्छ ।