२७ बैशाख २०८१, बिहीबार
Follow Us

आजदेखि कांग्रेसको एक महिने चुनावी अभियान

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७८, आईतवार ०४:१९

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ। ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेकाे हाे ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएकाे छ । याे अभियानमा कांग्रेसले एमसीसी पारित गरिएकाे कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकाेबारे जानकारी गराउनेछ ।

कांग्रेस अछामः १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान
अछाम । नेपाली कांग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुका मंगलसैनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएकाे छ ।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएकाे छ । आज मंगलसैन नगरपालिका, ५ चैतमा तृर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका,७ मा कमलबजार नगरपालिका, ८ मा पञ्चदेबल बिनायक नगरपालिका, ९ मा रामारोशन गाउँपालिका, १० मा वान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ ।