२५ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए निर्वाचनः अन्तिम नामावली प्रकाशन, (को को निर्विरोध भए)

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७८, मंगलवार ११:११

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । संघको निर्वाचन समितिले तोकेको समयसीमाभित्र दुई जनाको मात्र उम्मेदवारी कायम रहेपछि उनीहरुबीच निर्वाचन हुने भएको हो ।

उम्मेदवारी दर्ताका लागि दिइएको समय ७ मार्चदेखि ११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जनाभन्दा बढीले उम्मेदवारी दर्ता गराएकोमा अधिकांश पदमा निर्विरोध भएको छ । ६ उपाध्यक्ष पदको लागि ८ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षहरुमा महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम र युवा उपाध्यक्षमा रोशन थापा निर्विरोध भएका छन् ।

खुल्ला ४ जनामा ६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ओमानबाट डम्बरबहादुर (डिबी) क्षेत्री, युवा अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा. हेमराज शर्मा, कतारबाट राजेन्द्रकुमार शर्मा, जापानबाट टंकप्रसाद गैरे र बेलायतबाट जयप्रकाश गुरुङ छन् । एक महासचिव पदको लागि अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीबीच निर्वाचन हुने भएको छ ।

त्यसैगरी ४ जना सचिवमा महिला सचिवमा हङकङबाट राधिका गुरुङ निर्विरोध भएकी छन् । खुल्ला ३ जना सचिवको लागि युकेबाट रामशरण सिम्खडा, जापानबाट अजिव (ओम) गुरुङ, क्यानडाबाट चिरञ्जीवी घिमिरे, अमेरिकाबाट शंकर खड्का, अष्ट्रेलियाबाट अभिमानसिंह बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच निर्वाचन हुँदैछ । सहकोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई तथा दक्षिण कोरियाबाट यज्ञराज सुवेदी निर्विरोध भएका छन् ।

त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा, युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध भए । यस्तै क्षेत्रीय संयोजकमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासेफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोषकुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।

ओसेनिया क्षेत्रीय संयोजक एक पदको लागि लालबहादुर केसी, दिपक शर्मा, दिनेशराज जोशीबीच निर्वाचन हुने भएको छ । युरोप उपसंयोजक तीन पदको लागि ४ जनाको उम्मेदवारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भए ।

यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । दधीवल खड्का, नवीन विक, हरिप्रसाद भट्टराईबीच निर्वाचन हुने भएको छ । यस्तै अमेरिकाजमा अभिमन्यु बस्नेत, पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजक पदमा तीन जनाबीच निर्वाचन हुने भएको छ । लालप्रसाद पुन, अमित राई, कृष्णबहादुर हमालबीच भिडन्त हुने भएको छ ।

अफ्रिका उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा लागि अशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । सबै महिला संयोजक निर्विरोध क्षेत्रीय महिला संयोजकमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासेफिक, उषाकिरण बरियाले ओसेनिया संयोजकमा उम्मेदवारी दिएका छन् ।

उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज, डा. इन्दिरा तिवारी एसिया प्यासेफिक उपसंयोजकमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ – युरोप, स्वराज खाती– क्षेत्रीय युवा संयोजक, दिपकप्रसाद कंडेल एसिया प्यासेफिक, रोजनराज घिमिरे – अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् ।