२६ श्रावण २०८२, सोमबार
Follow Us

एनआरएनए फुट्न दिन्नौं : कांग्रेस प्रवक्ता डा. महत

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७८, शनिबार १२:५३

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको नाममा छुट्टै भेलाको आयोजना गरे पछि नेपाली कांग्रेस पार्टीले चिन्ता व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रवासी नेपालीहरुलाई विभाजन हुन् नदिन नेपाली कांग्रेसले अन्तिम सम्म प्रयास गर्ने बताएका छन् ।

डा. महतको नाम उदृत गर्दै नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले भने ‘नेपाली कांग्रेस कुनै पनि विभाजनको पक्षमा लाग्दैन्, सहमतिमा सम्मेलन हुनु पर्छ डा. महतले भने ।’

डा. महतले गैरआवासीय नेपाली संघको निर्वाचनको विवादलाई पार्टीले नियाली रहेको बताए । ‘मैले आजै मात्र प्रधानमन्त्री शेर बहादुर देउवासंग कुरा गरेको छु । प्रधानमन्त्रीले समेत एनआरएनएबीच एकता हुनु पर्नेमा जोड दिनुभएको छ’ डा. महतले भने । उनले आपसी छलफलबाट नेतृत्व चयन गर्न समेत आग्रह गरे ।

यसअघि नेपाली कांग्रेसले संघको निर्वाचनमा कुल आचार्य अध्यक्ष पदको लागि उम्मेदवार हुने घोषणा गरेको थियो । आचार्यले उम्मेदवारीनै नदिए पछि पार्टीले संघभित्र सहमतिको लागि पहल सुरु गरेको हो ।

धेरै पढिएको