२८ असार २०८२, शनिबार
Follow Us

घले समूहसंग सहमति गर्न डा. बद्री केसी याक एण्ड यतिमा

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७८, बुधबार १३:३७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनाआरनएनए) मा असन्तुष्टि जनाउँदै छुट्टै महाधिवेशन आयोजना गरेको शेष घले समूह पनि सहमतिमा आएको छ।

घले समूहसंग वार्ता गर्न गैरआवासीय नपाली संघका उपाध्यक्ष डा. बद्री केसी र रविना थापाको टोली होटल याक एण्ड यतिमा पुगेको थियो ।

घले समूहले संस्थापन पक्षलाई चुनौती दिँदै मंगलबारदेखि काठमाडौंको याक एण्ड यती होटलमा छुट्टै महाधिवेशनको आयोजना गरेको थियो।

लामो समयको प्रयासपछि सबै पक्ष मिलेर अघि बढ्ने सहमति भएको हो।

अर्का अध्यक्षका प्रत्यासी कुल आचार्य र डा. केसीबीच पावर शेयरिङमा डिल भए पछि घले समूह दवावमा थियो ।

स्रोतका अनुसार घले र संस्थापन पक्षबीच केहिबेरमै याक एण्ड यती होटलमा सहमति पत्रमा हस्ताक्षर हुँदैछ। के केमा सहमित हुदैछ भन्ने विषय भने गोप्य राखिएको छ ।

घले समूहसंग सहमति भएपछि सबै मुद्धाहरु फिर्ता लिएर संघभित्र एकता कायम राख्न संघका पदाधिकारीहरु सकृय रुपमा लागेका छन् ।

धेरै पढिएको