१५ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस नेता पौडेल लन्डनमा

नेपालब्रिटेन डट कम्
२७ माघ २०७३, बिहीबार ०७:४५

लन्डन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लन्डन आइपुगेका छन् ।
पौडेल नेपाली जनसम्पर्क समितिडेनमाको अधिवेशनमा भाग लिन जानेक्रममा बेलायत आइपुगेका हुन् । नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआदर्श पण्डितका अनुसार पौडेल शुक्रवार डेनमार्क प्रस्थान गर्ने छन् ।

ओमन एयरमार्फत लन्डनस्थित विहीवार बिहान बिमानस्थलमा उत्रिदा पौडेलको स्वागतका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता हित्रो बिमानस्थल पुगेका थिए । पौडेलको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य, सल्लाहकार विश्वआर्दश पण्डित, चिरनजीबी ढकाल, बिजन भट्ट, महेश दाहाल, सूर्य नेग्वाङ, शेर सुनार, बेदराज पराजुली, शान्ता लामिछाने लगायत विमानस्थल पुगेका थिए ।

पौडेल नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड र बेलायतको आयोजनामा हुने स्वागत तथा अन्तरकृया कार्यक्रममा सहभागी भएर हुने बताएको छ । उनी आगामी दुई साता यूरोपस्थित पार्टी संगठन तथा वेलायतस्थित बिभिन्न संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने भएका छन् ।
2

1