२३ बैशाख २०८१, आईतवार
Follow Us

एमालेको ‘रिटर्नी फेडरेशन’ इन्चार्जमा डा. सूर्य पाठक

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७८, बिहीबार २३:१०

लण्डन । नेकपा एमालेले विदेशबाट फर्केर आएकाहरुलाई संगठित गर्न जनवर्गीय संगठन ‘रिटर्नी फेडरेशन’ को संयोजकमा डा. सूर्य प्रसाद पाठक चयन भएका छन् ।

वैदेशिक रोजगारी तथा लामो समय विदेशमा बसेर फर्केहरुलाई संगठित गर्नका लागि यस्तो जनसंगठन निर्माण गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटीको प्रस्तवामा संगठनको लिखित प्रस्ताव गर्दै ‘रिटर्नी फेडरेशन नेपाल’ नाम प्रस्ताव गरी यसको विधान तथा अन्य विषय समेटिएको थियो ।

विदेशबाट फर्किएका एमाले समर्थक तथा सदस्यहरु अहिले सातै प्रदेशमा संगठित भइरहेको र उनीहरुलाई पार्टीले औपचारिक रुपमा जनवर्गीय संगठनभित्र समेटेर लैजानुपर्ने जिम्मेवारी डा. पाठकको काँधमा आएको छ ।

विदेशबाट फर्किएकाहरुलाई पार्टीको एउटै संरचनाभित्रबाट संगठित गर्दा उनीहरुको आफ्नो संगठन पनि हुने र विदेशमा सिकेको सीप र क्षमतालाई पार्टीले प्रयोग गर्न सक्ने भएकाले बेग्लै जनसंगठन बनाएको हो ।