२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए केन्द्रीय समितिको बैठक स्थगित

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७८, मंगलवार १९:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक स्थगित भएको छ ।

यसअघि १६ अप्रीलको लागि तय भएको बैठक स्थगित भएको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार संघले आइसीसी बैठकअघि राष्ट्रिय समितिसंग छलफल गर्ने कार्यक्रमतय हुदाँ बैठकको तयारी पुरा नहुने भए पछि हाललाई सो बैठक स्थगित भएको हो ।

संघको अर्को बैठक पदाधिकारीहरुसंग छलफल गरेर पुनः मितितय गरिने संघले जनाएको छ । संघको १० औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक भएको हुदाँ सर्वत्र चासोेका साथ सो बैठकलाई हेरिएको थियो ।

बैठकले संरक्षक परिषदको गठन, सल्लाहकार र आइसीसी सदस्यहरुको मनोनयन, उपाध्यक्षहरुको कार्यविभाजन गर्ने अपेक्षा गरिएको थियो ।

यस्तै संघको सदस्यता शुल्क नर्तिने एनआरएनए अमेरिका र युकेको खारेजी, विवादमा रहेका राष्ट्रिय समितिहरु, उम्मेदवारी शुल्क नतिर्नै पदाधिकारीहरुको पद खारेजी, घले समूहको अवैधानिक गतिविधि लगायतका विषयमा केन्द्रीय सदस्यहरुले आवाज उठाउने तयारी गरेका छन् ।