२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए प्रमुख कार्यकारी अधिकृत राणाद्वारा राजीनामा

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७९, बिहीबार ०१:३७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी अधिकृत राजेश राणाले राजीनामा दिएका छन्।

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयको नेतृत्व सम्हालेका राणाले श्रम ऐन अनुसार ५८ वर्षे उमेर हद नाघेका कारणले संघभित्रको लामो आवद्धता स्वइच्छाले तोडेका हुन् ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संघले उनलाई उमेरको हद म्याद काटे पछि पनि अस्थाई करारमा राखिएको थियो । उनले गत वर्षनै स्वइच्छाले जिम्मेवारी छोड्न चाहे पनि संघको महाधिवेशन सम्बन्धी विवादका कारणले संघलाई सहयोग गर्दै आएका थिए ।

उनले नयां वर्ष देखि लागु हुने गरि बुधवार राजीनामा गरेका हुन् । उनको करार चैत्र ३० गते सम्म थियो ।

संघको सबै पूर्वअध्यक्षहरुसंग काम गरेका राणाले संघको केन्द्रीय कार्यालय संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राणाको राजीनामा पछि गैरआवासीय नेपाली संघको कर्मचारी नियमावली तथा श्रम ऐन बमोजिम नयां प्रमुख कार्यकारी अधिकृतको नियुक्ति खुल्ला प्रतिस्पर्धाका आधारमा तय हुनेछ ।