२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०७९, बिहीबार ११:११

लन्डन । बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको छ,’ औषधि तथा स्वास्थ्य सेवा उत्पादन नियामक निकायले एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।