१४ असार २०८१, बिहीबार
Follow Us

नेपाल र ब्रिटिश आर्मीबीचको खेल बराबरीमा

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०८१, शनिबार १८:४७

लन्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो ।

आर्मी हेडक्वार्टरमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि प्रयत्न गरेपनि उपलब्धि हासिल गर्न सकेनन् ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ । अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा क्लबको आफ्नै इबीबी स्टेडियममा हुने उक्त मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरि ३० जनाको टोली अहिले बेलायतमा छ ।

नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।