१५ बैशाख २०८१, शनिबार
Follow Us

नयां वर्ष देखि सबै असहमति हट्छन् : डा. बद्री केसी, अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७९, शनिबार १५:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नयाँ वर्षदेखि संस्थाभित्रका सबै असहमित हट्ने बताए ।

डा. केसीले गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय समितिले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।
डा. केसीले संघको वर्तमान कार्यसमिति जम्बो भएको आलोचना भए पनि संस्थाको हितको लागि सशक्त रुपमा परिचालन गरेर अघि बढ्न सकिने बताए ।

उनले १० औं महाधिवेशनले संघको विभाजनको बिउ रोपिएको बताउदै वर्तमान अध्यक्ष कुल आचार्यलाई पूर्ण रुपमा सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
उनले संस्थाभित्र विवाद आउदा तेस्रो व्यक्तिले फाइदा लिने गरेको अनुभव सुनाउदै त्यसतर्फ सजक रहन आग्रह गरे

कार्यक्रमलाई सम्बोधन गर्दे गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले १० औं महाधिवेशनमा भएका कमिकमजोरीका बारेमा आत्मआलोचना गर्नु पर्ने बताएका छन् ।

डा. शर्माले संघ अभियानमा अमेरिका क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

संघका महासचिव गौरीराज जोशीले नयां कार्यसमितिबाट काम गर्न त्यति सजिलो नभएको भन्दै आफु त्यती आशावादी नभएको बताए । उनले आगामी १८ महिनामा निश्पक्ष निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्न सक्नुनै ठूलो उपलब्धि हुने बताए ।

उनले विधान, कार्यसमिति, सचिवालय, एनआरएनए राष्ट्रिय समितिमा थुप्रै समस्या र चुनौती भएको बताए । उनले वर्तमान कार्यसमिति कठिन अवस्थामा रहेको बताए ।

संघका उपमहासचिव रामशरण सिमखडाले संस्थामा विधानको सर्वोच्चता स्वीकार नगर्दा विवाद आएको बताए । उनले संस्था व्यक्तिको सनकको भरमा होइन् पद्धतिले चल्नु पर्नेमा जोड दिए ।

कार्यक्रमा संघका सचिव प्रमोद सिटौलाले वर्तमान कार्यसमितिको सुरुवातनै निरासाजनक भएको बताए । उनले १० औं महाधिवेशनमा निर्वाचन किन हुन सकेन भन्ने विषयमा व्यापक छलफल हुनु पर्नेमा जोड दिए ।

संघका कोषाध्यक्ष सुनिल शाहले सचिवालय प्रष्ट नीति ल्याउन नसके संस्था गति कमजोर हुने बताए । उनले नेतृत्वमा पुगेर अरुलाई दोष लगाएर पछि हट्न नमिल्ने तर्क गरे । उनले संस्थाको विधान पारित भैसके पछि सबैले मानेर अघि बढ्नु पर्ने बताए ।

एनआरएनए अमेरिकाका अग्रज कृष्ण लामिछानेले व्यक्ति भन्दा संस्था ठूलो हो भन्ने मान्यताका आधार संघको १० औं महाधिवेशनमा भएको भागबण्डालाई मानेर अघि बढ्न बाध्य भएको बताए । उनले संस्थाका पदाधिकारीभित्र व्यापक छलफल गरेर संस्थाका समस्या समाधान गर्न सुझाव दिए ।

कार्यक्रममा उपाध्यक्षहरु यसमिन बेगम, रोशन थापा, उपमहासचिव ओम गुरुङ, शंकर खड्का, डा. देवी बस्नेत, राधिका गुरुङ, लगायतको उपस्थिती थियो । कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक प्रकाश सापकोटाले गरेका थिए । कार्यक्रममा कृष्णजिवि पन्त, गोपेन्द्र भट्टराई, विकास उप्रेती, शान्ति पौडेल, ज्ञानेन्द्र गौगुङ, सोफिन थापा, सन्तोस थापा, संजय थापा र चिरन्जीबी खड्का लगायतले शुभकामना मन्तव्य दिए ।