२५ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए विज्ञ सम्मेलन अक्टोवरमा, विधान समितिको संयोजकमा डा. शर्मा (यस्तो कार्यविभाजन)

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७९, शनिबार १८:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विज्ञ सम्मेलन आगामी अक्टोवर महिनामा हुने भएको छ ।

संघको शनिवार बसेको बैठकले विज्ञ सम्मेलन तथा विधान सभा अक्टोवर ८ देखी १० तारिखसम्म काठमाण्डौंमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिमखडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ ।

वैठक संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा गठित समितिद्धारा प्रस्तुत बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको छ ।
यस्तै वैठकले सबै क्षेत्रीय संयोजहरुलाई संघको पदाधिकारी बैठकमा पर्यवेक्षकको रुपमा सहभागी हुन दिने निर्णय गरेको छ ।

बैठकले संघको उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारी र सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समितिहरुलाई १५ दिनभित्र शुुल्क तिर्न निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले १५ सदस्सीय विधान समितिको प्रस्ताव गरेको छ । सो समितिको संयोजकमा डा. हेम राज शर्मा र सदस्य सचिव गंगाधार गौतमलाई चयन गरेको छ ।

यस्तै बैठकले संघका महिला पदाधिकारीहरुको उम्मेदवारी शुल्क आगामी कार्यकाल देखि ५० प्रतिशत घटाउने निर्णय गरेको छ ।

बैठकले नेपालमा हुनो ९ औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीहरुको सहभागीतालाई सुनिश्चित गर्न संघको युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै बैठकले हाल संघमा रहेको ४ करोड रुपैयाको वैदेशिक रोजगारी कोषलाई विस्तार गर्ने निर्णय गरेको छ ।

वैठकमा अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र रविना थापा, पदाधिकारी लगायत २२८ जना आइसीसी सदस्य मध्ये ११४ जनाको सहभागीता थियो । ६ घण्टामा भन्दा बढी चलेको बैठकले संघका सल्लाहकारहरु, आइसीसी सदस्यहरु लगायतका पदमा १५ दिनभित्र सर्वसम्मत रुपमा नाम तयार गर्न अध्यक्षत्रयलाई जिम्मा दिइएको छ । बैठकको संचालन महासचिव गौरीराज जोशी, केशव पौडेलले संचालन गरेका थिए ।

यस्तो कार्यविभाजन