१५ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७९, सोमबार ००:४५

लण्डन । लण्डनको केन्द्र ट्राफल्गर स्क्वायर २५६६ औं बुद्धजयन्ती भव्य रुपमा सम्पन्न भएको छ ।

बुद्ध फाउन्डेसन यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएको सहकार्यमा आइतवार पाँचौं बुद्धजयन्ती कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालका शिक्षामन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिका रुपमा सहभागी थिए । त्यस्तै, नेपालबाट आएका ‘वल्र्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायतका मुलुकबाट राजदूत एवं कूटनीतिक प्रतिनिधिहरु कार्यक्रमका विशेष अतिथि सहभागी थिए ।