८ जेष्ठ २०८१, मंगलवार
Follow Us

परराष्ट्रमन्त्री डा नारायण खड्काको स्वीडेन भ्रमण स्थगित

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७९, सोमबार ०४:४९

लण्डन । परराष्ट्रमन्त्री डा नारायण खड्काको स्वीडेनको भ्रमण स्थागित भएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभा, स्वीडेन र केन्या सरकारले संयुक्त रुपमा स्टकहोममा आयोजना गर्न लागेको ‘स्टकहोम प्लस ५०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का स्वीडेन आउन लागेका थिए। गैरआवासीय नेपाली संघका पूर्व युरोप उपसंयोजक एकराज गिरीलाई सोमबारमन्त्री खड्काले फोन गरि आफ्नो भ्रमण स्थागित भएको जनाएका थिए ।
चालु संसदमा प्रस्तुत बजेट केही दिनभित्र निर्णायार्थ संसदमा प्रस्तुत हुने भए पछि मन्त्री खड्काले आफ्नो भ्रमण स्थागित गरेका हुन् ।

सबैको समृद्धिका लागि एक स्वस्थ ग्रह—हाम्रो दायित्व, हाम्रो अवसर’ नारा सहित आयोजना हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा बिभिन्न देशबाट सहभागी विश्वका बिभिन्न देशबाट उच्चस्तरीय प्रतिनिधिमण्डलसंग मन्त्री खड्काले भेटवार्ता गर्ने कार्यक्रमतय थियो ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससंग समेत मन्त्री खड्काले भेटवार्ता गर्ने बताइएको थियो ।