३१ असार २०८२, मंगलवार
Follow Us

पिटरवोरो नेपाली समाज युकेले शुरू गर्‍यो करांते प्रशिक्षण

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७९, मंगलवार २०:००

पिटरवोरो नेपाली समाजले स्थानीय नेपाली समुदायबीच कारांते प्रशिक्षण कार्यक्रम यही जुन ५ तारिखदेखि शुभारम्भ गरेको छ ।विशेष गरी स्कुल तहका विद्यार्थीलाई लक्षित गरी हरेक आईतवार विहान ९ बजेदेखि १०: ३० सम्म संचालन हुने उक्त कारांते प्रशिक्षण कार्यक्रममा प्राईमेरी र सेकेण्डरी स्कूल तहका करिव ५० जना सहभागि रहने कार्यक्रम संयोजक लव शर्माले बताएका छन् ।

नेपाली वरिष्ट करांते मास्टर सुरेश बैद्य प्रशिक्षक रहेको उक्त कार्यक्रमबाट सहभगि बीच व्यायम,आत्मविश्वास, सेल्फडिफेन्स र अनुसासनको अभिवृध्दि हुने विश्वास ब्यक्त गर्दै हाम्रो दैनिक जीवनमा उपयोगी अन्य स्वास्थ्य सम्बन्धि जनचेतना मूलक कार्यक्रमहरु पनि क्रमस आयोजना गर्दै जाने तयारी गरेको जानकारी पिटरवोरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईले गराए।

पिटरवोर नेपाली समाज युकेले नेसनल लोटरी च्यारिटी फन्डबाट प्राप्त सहयोगले पिटरवोरोमा बस्ने नेपाली समुदायलाई लक्ष गरी काराते, फूटवल, क्रिकेट संचालन गरिरहेको छ । साथै छिट्टै नै योगा र जुम्बा डान्स पनि शुरू गर्न लागेको अध्यक्ष भट्टराईले जानकारी गराएका छन्।

स्थानीय कम्युनिटी हल पिटरवोरो काउन्सीलवाट समाजले आफ्नै व्यवस्थापनमा करिव एक वर्ष देखि संचालन गरिरहेको छ । समाजका सबै गतिविधि अहिले आफ्नै हलमा संचालन भइरहेका छन् । समुदायमा भाईचारा अभिवृध्दि गर्ने उदेश्यले हरेक सोमवार साझ ५ बजादेखि करिव एक २ घण्टा विगत छ महिनादेखि समाजले कफी मिटिंग पनि संचालन गरिरहेको महासचिव कृष्ण लुईटेलले बताए ।

पिटरवोरो र यसका वरिवरि बस्ने नेपालीहरूलाई विशेष महत्व दिई वर्तमान पिटरवोरो नेपाली समाजको वर्तमान कार्यसमिति र ट्रस्टी वोर्डले कार्यक्रम संचालन गरेकोमा समाजका पूर्व अध्यक्ष किरण कार्की र केशव भण्डारीले सन्तोष व्यक्त गर्दै समाजका कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने बताए ।

यसै गरी समाजले महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग गर्न लगभग एक हजार पाउण्ड संकलन गरिसकेको कोषाध्यक्ष दिपक वस्यालले वताए साथै सो रकम छिट्टै वेलायत भ्रमणमा रहेका राष्ट्रिय आविस्कार केन्द्रका संचालक बैज्ञानिक महाबिर पुनलाई हस्तान्तरण गरिने भएको छ ।

धेरै पढिएको