१८ असार २०८३, बिहीबार
Follow Us

बिष्णु पौडेल थप ६ दिन थुनामा नै रहने

नेपालब्रिटेन संवाददाता
१८ असार २०८३, बिहीबार १०:२३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।

पौडेल पत्नीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भने विचाराधीन अवस्थामा छ। आज सो मुद्दाको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको छ । यसको निर्णय हुन बाँकी छ ।
 

धेरै पढिएको