२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल – बेलायतबीच पहिलो वार्ता २१ जुनमा हुने

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७९, मंगलवार १४:२६

चिरन शर्मा । लण्डन । भूपुगोर्खाका माग सम्बन्धमा बेलायत र नेपालीबीच आगामी साता पहिलो चरणको वार्ता हुने भएको छ । बिहिवार प्रतिनिधि सभा संसदमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री नारायण खड्काले आन्दोलनरत भूपुगोर्खाहरुको मागका सम्बन्धमा वार्ताको ढाचा र कार्यदिसा निर्धारण गर्न पहिलो चरणको वार्ता २१ जुनमा हुने तय भएको जानकारी दिए।

मन्त्री खड्काले भूपूगोर्खाहरूको मागका सम्बन्धमा बेलायतसँग वार्ता गर्नको लागि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेतृत्वमा एक उच्चस्तरिय वार्ता समिति गठन गरिएको जानकारी दिए।

सो समितिमा युरोप अमेरिका हेर्ने मन्त्रालयका सहसचिव, लण्डनस्थित नेपाली दूतावासकी उपप्रमुख रोसन खनाल, नेपाली दूतावासस्थित सैनिक सहचारी रत्नबहादुर गोधर लगायत रहेको वार्ता टोली गठन भएको छ।

मन्त्री खड्काले ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागबारे छलफल गर्न ब्रिटिश सरकारले ब्रिटिश सरकारले भेट्रान्स मामिला हेर्ने सहायक मन्त्री लियो डकर्टीको संयोजकत्वमा वार्ता समिति भएको र डकर्टीसँग छलफल हुन लागेको बताए।

यसअघि चालु संसदको अधिवेशनमा सांसदहरुले भूपुगोर्खाका माग सम्बन्धमा बेलायत सरकारसँग हुन लागेको वार्ताको बारेमा जानकारी माग गरेका थिए।

विनियोजन वियेयक अन्तर्रगत मन्त्रालयहरुको छलफलमा गत शुक्रवार भाग लिदै नेकपा एमाले संसाद डा. सूर्य प्रसाद पाठकले आन्दोनरत भूपूगोर्खाको माग सम्बन्धमा बेलायत सरकारसंग हुन लागेको वार्ताका सम्बन्धमा संसदमा जानकारी दिनु पर्ने बताएका थिए।