१३ असार २०८१, बुधबार
Follow Us

१ मिलियन युरोसहितको सुटकेस स्वीकारेपछि विवादमा चार्ल्स

नेपालब्रिटेन संवाददाता
१२ असार २०७९, आईतवार १०:५८

लन्डन । युवराज चाल्र्सले कतारी अर्बपति शेखबाट आफ्नो परोपकार संस्थाका लागि १ मिलियन युरो नगद भरिएको सुटकेस स्वीकारको दाबीसहितका विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् । चाल्र्सले कतारका पूर्वप्रधानमन्त्री शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट प्रिन्स अफ वेल्स च्यारिटी फाउन्डेसनका लागि २०११ र २०१५ बीचको अवधिमा ३ मिलियन युरो प्राप्त गरेको जनाइएको छ ।

शेखले सन् २०१५ मा क्लेरेन्स हाउसमा एक निजी बैठकमा चाल्र्सलाई व्यक्तिगत रूपमा १ मिलियन यूरो नगद हस्तान्तरण गरेको बताइएको थियो । विवरणअनुसार सो रकम युवराजले तत्कालै सहयोगीहरूलाई हस्तान्तरण गरेका थिए । सहयोगीले सो रकम पूर्णरूपमा परोपकारमा हस्तान्तरण गर्ने व्यवस्था गरेका थिए ।

अर्को अवसरमा कतारी शेखले बेलायती सिंहासनका उत्तराधिकारीलाई ८ लाख २० हजार पाउन्ड बराबको रकम दिएकोसमेत जनाइएको छ । विवादास्पद शेखले प्रधानमन्त्री हुँदा आफ्नो कार्यकालमा कतारले अल कायदाको सिरियाली शाखालाई आर्थिक सहयोग गरेको स्वीकार गरेका छन् ।