२० असार २०८१, बुधबार
Follow Us

एमाले सांसदद्धय डा. पाठक र पोखरेलले भने – एनआरएन नागरिकता छिटै कार्यान्वयन गरौं

नेपालब्रिटेन डट कम्
२९ असार २०७९, बुधबार ०४:५०

लण्डन । संसदको चालु अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक पारित हुनेमा आशंका व्यक्त गरिएको छ । प्रवासी नेपाली अन्तराष्ट्रिय समितिले बुधवार आयोजना गरेको गैरआवासी नेपाली नागरिकता र प्रवासबाट मतदानको अधिकार विषयक भर्रचुअल अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा एमालेका सांसदद्वय डा‍ सूर्यप्रसाद पाठक र कृष्णभक्त पोखरेलले संसदमा बुधबार प्रस्तुत नागरिकतासम्बन्धी विधेयक संशोधन हुनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको अधिकार कसैले खोस्न नसक्ने बताउँदै संविधानले नै एनआरएनए नागरिकताको ग्यारेन्टी गरेको बताए ।

उनले नागरिकतासम्बन्धी विधेयक पारित हुने निश्चित नभएको तर्क गर्दै पारित भइहाले कर्मचारीहरुको मानसिकताको कारणले कार्यान्वयन प्रकृया चुनौति पूर्ण भएको बताए । उनले एनआरएनए नागरिकतामा झनझटिला प्रावधान रहन सक्ने आशंका व्यक्त गरे । उनले एक पटकको नेपाली संधैको नेपाली भन्ने भावनालाई उच्च कदर गर्न दलीय सहमतिमा संसदमा एनआरएनए नागरिकता ल्याउन लागिएको बताए ।

उनले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकार दिने विषयमा नेकपा एमाले प्रष्ट रहेको बताए । उनले सर्वोच्च अदालतको फैसला बमोजिम विदेशमा रहेका नेपालीहरुलाई मतदानको महायज्ञमा समावेश गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा संसद डा. सूर्यप्रसाद पाठकले विदेशमा बस्ने नेपालीहरुले देश विकासको लागि खेलेको भूमिकाप्रति आभार व्यक्त गरे । उनले अहिलेको मुख्य गोल भनेको समृद्ध नेपालको निर्माण नै भएको बताए ।

डा. पाठकले आरोह अवरोह पार गर्दै गैरआवासी नेपालीसम्बन्धी नागरिकता संसदमा पुगेको बताए । उनले यसअघि ओली सरकारको कार्यकालमा ल्याएको प्रगतिशील विधेयक सरकारले फिर्ता लिएको प्रति अपत्ति प्रकट गरे । उनले फास्ट ट्रयाकमार्फत् नागरिकता विधेयक संसदमा लैजान सके मात्र एनआरएन नागरिकता पाउने ग्यारेन्टी हुने बताए ।
उनले गैरआवासी नेपाली नागरिकता लिन गृह मन्त्रालयमा जाने प्रावधान अव्यवहारिक भएको बताए ।

उनले एनआरएनए नागरिकता दिन सरल व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा संशोधन आवश्यक रहेको बताए ।

पाठकले निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरुको मतदाता नामावली संकलन विदेशस्थित दुतावासभित्रबाट सुरु गर्न सकिने बताए । उनले विदेशमा रहेर नेपाली नागरिकता नत्यागेका नेपालीहरुलाई तत्काल समानुपातिक निर्वाचन प्रणालीमार्फत् मताधिकार दिन सकिने बताए । उनले प्रवासी नेपालीहरुलाई भविष्यमा मताधिकारको प्रयोग गर्न दिनुपर्नेमा जोड दिए । उनले विदेशमा रहेका नेपालीहरुले सिकेको ज्ञान सिप र पुँजी नेपालको लागि आवश्यक रहेको बताउँदै नेपाल फर्केर राष्ट्र निमौ(ामा लाग्न आग्रह गरे । उनले गैरआवासीय नेपालीहरुको अधिकार एनआरएन ऐनले प्रष्ट पार्ने बताए ।