३१ बैशाख २०८१, सोमबार
Follow Us

ब्ल्याकमेल गर्दै एक युवतीमाथि जबरजस्ती करणी

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७९, सोमबार १३:५८

रुपन्देही । रुपन्देहीमा एक युवतीलाई निजी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१ का १७ वर्षीय किशोर रहेका छन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो । ती युवतीलाई सोधपुछ गर्दा दुई किशोरले युवतीको विभिन्न फोटाहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याक मेल गरी शनिबार साँझ भेट्न बोलाएका थिए ।

किशोरहरूले युवतीलाई यौन सम्पर्क गर्न देऊ अनिमात्र बल्ल तिम्रो फोटाहरू फालिदिन्छौ भनी त्रासमा पारेर जबर्जस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई प्रहरीले आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको एक थान मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूमाथि अनुसन्धान थालिरहेको जनाएको छ ।