१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली जनसम्पर्क समिति अमेरिकामा च्याप्टर अधिवेशनको तयारी

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७९, मंगलवार १९:२४

लण्डन । नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना सबै च्याप्टरहरुलाई अधिवेशनको लागि आव्हान गरेको छ । सभापती सुभाष घिमिरेको निर्देशन भन्दै सहमहामन्त्री बिष्णु बरालद्वारा जारी विज्ञप्तिमा उक्त आव्हान गरिएको हो ।

नेप्लिज डायस्पोरालाई प्राप्त विज्ञप्तिमा पिकनिक भव्यताका साथ सम्पन्न गरेकोमा सह महामन्त्री बरालले मेरिल्याण्ड च्याप्टरलाई केन्द्रिय समितिका तर्फबाट हार्दिक बधाई सहित धन्यवाद समेत ज्ञापन गरिएको उल्लेख गरेका छन ।

सहमहामन्त्री बिष्णु बरालद्वारा जारी विज्ञप्ति जस्ताको तस्तै :

जुलाई ३१, २०२२ का दिन नेपाली जनसम्पर्क समिति, अमेरिका, मेरिल्याण्ढ च्याप्टरद्वारा आयोजित मनोरन्जनात्मक गृष्मकालीन वनभोज कार्यक्रम स्थानीय गनपाउडर स्टेट पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । मेरिल्याण्डबासी कांग्रेसीजनको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम सफल बनाउन अथक प्रयास गर्नुहुने सबैलाई धन्यवाद र आयोजक मेरिल्याण्ड च्याप्टरलाई हार्दिक बधाई १ यस वनभोज कार्यक्रमले स्थानीय कांग्रेसीजनबीचको आपसी एकता, भाइचारा र आत्मीयता अभिवृद्धिमा ठूलो सहयोग पुगेको हामीले महशुस गरेका छौं ।

स्मरणीय छ, गत डिसेम्बर ६, २०२१ मा सुभाष घिमिरेज्यूको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन भएपछि हामी संगठन निर्माण, विस्तार, शुद्धिकरण र सुदृढिकरणको अभियानमा नयाँ ऊर्जा, जोश र जाँगरका साथ निरन्तर जुटिरहेका छौं । यस महान अभियानमा संयुक्त राज्य अमेरिकाभरिका सयकडौं साथीहरूले साथ दिनुभएको छ । यसरी साथ दिनुहुने सबै सबैलाई हामी अन्तरहृदयदेखि नै पुनः धन्यवाद दिन चाहन्छौं ।

संगठन विस्तारको सिलसिलामा विभिन्न राज्य एवं शहरहरूमा स्थानीय आवश्यकता र माग बमोजीम नयाँ च्याप्टर गठन गर्दै जाने र पुराना च्याप्टरहरूको हकमा अर्को व्यवस्था नभइन्जेल पुरानै कार्यसमितिलाई पूर्ववत काम गर्न सहयोग गरी च्याप्टर अधिवेशन यथासक्य छिटो गराउन वातावरण निर्माण गर्ने हाम्रो घोषित केन्द्रीय नीति बमोजीम नै केन्द्रीय सभापति सुभाष घिमिरेज्यू सहित हामी मेरिल्याण्ड च्याप्टरको उक्त वनभोज कार्यक्रममा सहभागी भएका थियौं। छिट्टै च्याप्टर अधिवेशन गरेर विधिवत रूपले नेतृत्व हस्तान्तरण गर्ने पहिलो च्याप्टर मेरिल्याण्ड च्याप्टर बन्ने कुरामा पूर्ण विश्वस्त भएर हामी वनभोज कार्यक्रमबाट फर्केका छौं ।

हामी नेपाली जनसम्पर्क समिति, अमेरिका केन्द्रीय कार्यसमितिको तर्फबाट सम्पूर्ण च्याप्टरहरूलाई यथाशीघ्र अधिवेशनको प्रक्रिया प्रारम्भ गरी नेतृत्व हस्तान्तरणको आफ्नो जिम्मेवारी पूरा गर्न यसै विज्ञप्ति मार्फत जोडदार आव्हान समेत गर्दछौं ।

जय नेपाल
विष्णु बराल
सहमहामन्त्री
नेपाली जनसम्पर्क समिति अमेरिका
केन्द्रीय कार्यसमिति