२ बैशाख २०८३, बुधबार
Follow Us

महाभियोग सिफारिस समितिको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७९, बुधबार ०६:३३

काठमाडौँ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्ने भएको छ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बुधबार बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बैठक बस्ने सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ । २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवालमिया, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखाशर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।

प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन ।

धेरै पढिएको