२ बैशाख २०८३, बुधबार
Follow Us

तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०८३, बुधबार ११:०४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यस्तै उनीहरूसहित मेगा माइन्ड्स आर्किटेक्ट्स एन्ड स्ट्रक्चर प्रा. लि. उपर पनि सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

धेरै पढिएको