२ बैशाख २०८३, बुधबार
Follow Us

थप २८६ जनामा कोरोना सङ्क्रमण

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७९, आईतवार १२:३२

काठमाडौँ । देशभर थप २८६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एजेन्ट विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन ।

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

धेरै पढिएको