३१ असार २०८२, मंगलवार
Follow Us

अध्यक्ष आचार्यको कार्यकाल १ अक्टोवरमा सकिने

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७९, सोमबार ०४:१३

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्ष कुल आचार्यको कार्यकाल अक्टोवर १, तारिखमा सकिने भएकोछ ।

गैरआवासीय नेपाली संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनले आचार्यलाई पहिलो ६ महिनाको लागि कार्यकारी अध्यक्ष चयन गरेको थियो ।

मार्च २७ तारिखमा सम्पन्न संघको महाविधेशनको म्याण्डेट अनुरुप उनको कार्यकाल सेप्टेम्बर अन्तिम सातामा सकिने भएता पनि आचार्यले तीनवटै अध्यक्षले बराबर कार्यकाल काम गर्न पाउनु पर्ने माग गरे पछि उनकै चाहना अनुरुप थप एक साता कार्यकारी अध्यक्षको रुपमा काम गर्ने अवसर पाएका थिए ।

संघको १० औं महाधिवेशनको म्यान्डेट र सहमति अनुसार अक्टोवर पहिलो साता देखि अध्यक्ष रविना थापाले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नेछिन् ।

थापाले संघको जिम्मेवारी लिए पछि आचार्य स्वतः सेरोमोनियल अध्यक्षको रुपमा संघको मर्यादाक्रममा रहने छन् ।

आचार्यले संघको १० औं महाधिवेशनमा निर्वाचनको प्रकृयालाई छोडेर सहमतिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकाल लिएर अध्यक्ष बन्न तयार भएका थिए ।

थापाको कार्यकाल समेत ६ महिनाको रहने छ त्यस पछि संघको ११ औं महाधिवेशनसम्म अर्का अध्यक्ष डा. बद्री केसीले नेतृत्व समाल्ने छन् ।

११ औं महाधिवेशन आगामी वर्षको अक्टोवर महिनामा गर्ने संघले निर्णय गरिसकेको छ ।

धेरै पढिएको