२४ बैशाख २०८१, सोमबार
Follow Us

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७९, मंगलवार १८:१७

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा प्रहरीमा जाहेरी परेको छ । काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।

मंगलबार साँझ परेको जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । तर, प्रहरी अधिकारीहरूले औपचारिक रूपमा यसबारे बोल्न चाहेका छैनन् । प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको स्थानको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ ।

सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा छन् । पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए । टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन् ।