लण्डन् । बेलायती महारानीले सन् १९८६ मा नेपालको भ्रमण गरेकी थिइन् । नेपाल भ्रमणमा तत्कालिन राजा वीरेन्द्र र रानी ऐश्वर्याले एडिनबर्गको महारानी र ड्युकको सम्मान विशेष समारोहको आयोजना गरेका थिए । उनीहरुले नेपालको चार दिने भ्रमण गरेका थिए ।
यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्।
बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।
एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन्।
उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् ुड्यूक अफ योर्कु अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।
एलिजाबेथ र सन् १९३०मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो र उनीहरु मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए।
एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाचौँसँग अत्यन्तै निकट थिइन्।