१९ असार २०८१, मंगलवार
Follow Us

इटालीद्वारा इग्ल्यान्ड स्तब्ध

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७९, शनिबार ०४:५३

लन्डन । हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ । शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे ।जर्मनी१३ खेलमा आएर पराजित भएको हो । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा छ ।समूहको अर्को खेलमा इटालीले इंग्ल्यान्डलाई १-० अन्तरले पराजित गर्यो । इटालीको जितमा ६८औं मिनेटमा जियाकोमो रस्पाडोरीले निर्णायक गोल गरे ।

ग्रुप ३ मा रहेका सबैले पाँच खेल खेलिसकेका छन् । ३ जीत र एक बराबर र एक हारसहित हंगेरी १० अंकसहित शीर्ष स्थानमा छ । इटाली ८ अंकसहित दोस्रो स्थानमा छ । उसले ५ खेलको समाप्तिमा २ जीत २ हार र एक बराबरसहित ८ अंक बटुलेको छ । तेस्रो स्थानमा रहेको जर्मनीले एक जीत, ३ बराबर र एक पराजयसँग ६ अंक बटुलेको छ । २ हार र तीन बराबरीसहित इग्ल्यान्ड अंक तालिकाको पुच्छरमा छ ।