१७ जेष्ठ २०८१, बिहीबार
Follow Us

‘बा’को नामबाट केही जग्गा पाएपछि मैले सानो घर बनाएँ : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७९, सोमबार १३:०७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत् इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन्।

झण्डै ४० वर्षपछि पुर्ख्यौली थलोमा पुगेको भन्दै उनले भने, ‘म ४० वर्षपछि यहाँहरूको काखमा आएको छु, तपाईँहरूले सुख दुःखमा साथ दिनेछु शिवनगरको १४ नम्बर वडाबाट बसाइसराइ गरी भरतपुर र त्यहाँबाट बसाइँ सरी काठमाडौँ, त्यहाँबाट रोल्पाररुकुम हुँदै शान्ति प्रक्रियामा आएँ।’

उनले ‘बा’ बितेपछि ‘बा’को नाममा भएको जग्गा प्राप्त गरेपछि त्यहीँ आफूले सानो घर बनाएको बताए । चितवनमा धेरै विकासका योजनाहरू आएकोमा खुसी व्यक्त गर्दै अझै अर्बौँका मात्रै नभएर खर्बौँका विकास योजनाहरू ल्याएर त्यसले विकासको गति लेओस् भन्ने सपना रहेको उल्लेख गरे।