कास्की । गण्डकी प्रदेशकाे पाेखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ ।
पोखराको याम्दीमा रहेकाे गोष्तेघाट मैदानमा आज बिहीवार भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई दुई–शून्य गाेलले हराउँदै विजयी सुरुवात गरेको हो । एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले एक–एक गोल गरे । विमलले खेलको आठौँ मिनेटमा र सञ्जोगले ५५ औँ मिनेटमा गाेल गरे ।
प्रतियोगिताअन्तर्गत आजै अर्काे खेलमा बाग्मती र मधेश प्रदेशबीच खेल हुँदैछ ।
प्रतिक्रिया