१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए ६ स्वर्ण सहित ८ औं स्थानमा

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७९, मंगलवार ०७:५७


एनआरएनए ६ स्वर्ण, ६ रजत ४ कास्य

कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ६ स्वर्ण सहित ८ औं स्थानमा रहेको छ ।
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघका खेलाडीहरुले ६ कास्य र ४ रजत पदक सहित शिर्ष ८ स्थानमा रहेका छन् ।

संघका खेलाडीहरुलाई हौसला दिन पोखरा रंगशालामा पुगेकी अध्यक्ष थापाका अनुसार संघको लागि खेल्न संसारका बिभिन्न देशबाट पुगेका खेलाडीहरुको उत्साहजनक प्रर्दशन गरेका छन् ।

एनआरएनकी एस्ले सापकोटा डंगोलले सय मिटर बटरफ्लाइमा १ मिनेट ०७।७४ सेकेन्डका साथ नयाँ कीर्तिमान बनाइन्। जारी प्रतियोगितामा पाँच स्वर्ण जितिसकेकी उनले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १ मिनेट ०९।९७ सेकेन्ड समयका साथ बनाएको कीर्तिमान भंग गरिन्।

एस्लीका भाइ आसिस सापकोटाले पनि २ सय मिटर ब्याकस्ट्रोकमा नयाँ कीर्तिमान बनाए। उनले २ मिनेट २९।६० सेकेन्डका साथ शुभम् श्रेष्ठले सन् २०१९ को १३औं सागमा बनाएको कीर्तिमान भंग गरे।

आर्मीको पोल्टामा ६१ स्वर्णसहित १२८ पदक

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउँदै लगेको छ । हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक हात पारिसकेको छ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यपदक सहित ६५ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काास्य पदक सहित कुल ७४ पदक हात परेको छ । यसैगरी बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित कुल ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदक सहित ३८ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित १२ पदक जितेका छन् । त्यसैगरी, सुदुर पश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्य सहित १४ पदक,लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य सहित २२ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, २ कास्य पदक सहित ४ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।