२५ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री देउवाले प्रवासमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७९, शनिबार १५:३४

लण्डन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रवासमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेस प्रचार प्रसार प्रवास समन्वय समितिको आयोजनामा ३० अक्टोवर (भोलि) भर्चुअल जुम मार्फत नेपाली कांग्रेसका नेताहरुले सो सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

४ मंसिर गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा नेपाली डायस्पोरा, नेपाली कांग्रेस पार्टीका कृयासिल सदस्यहरु, जनसम्पर्क समितिमा आवद्द पार्टी कार्यकर्ताको भुमिका र दायित्व बिषयमा बक्ताहरुले आआफ्नो भनाई राख्ने छन्

कार्यक्रमलाई रामचन्द्र पौडेल, पार्टी नेता डा शेखर कोइराला, उपसभापतिद्वय पुर्ण बहादुर खडका, धनराज गुरुङ, महामन्त्रीद्व्य, गगन कुमार थापा, बिश्व प्रकाश शर्मा, प्रबक्ता एबम प्रचार प्रसार संयोजक डा प्रकाशशरण महतले सम्बोधन गर्ने कांग्रेस नेता किरण पौडेलले जानकारी दिए ।